सांग्रिला डेभलपमेन्ट बैंकको २१औं वार्षिक साधारण सभा सम्पन्न ।

calendar_month 23 December 2025
banner

सांग्रिला डेभलपमेन्ट बैंकको २१औं वार्षिक साधारण सभा सम्पन्न ।

यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २०औं वार्षिक साधारण सभा मिति २०८२ पुस ७ गते सोमबार सम्पन्न भएको छ । बैंकका अध्यक्ष श्री उज्ज्वल सत्यालको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा बैंक सञ्चालक समितिका सदस्यहरू, पूर्वअध्यक्ष तथा सञ्चालकहरू, शेयरधनी महानुभावहरू, वैंकका पदाधिकारी तथा कर्मचारीको उपस्थिती रहेको थियो ।

उक्त साधारण सभाले बैंकको आ.व.०८१ / ८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणहरू तथा लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव पारित गरेको छ ।

साधारण सभामा बैक सञ्चालक समितिका अध्यक्ष श्री उज्ज्वल सत्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठले बैंकले हासिल गरेका मुख्य उपलब्धिहरुबारे जानकारी गराउनुभएको थियो । 

साधारण सभाले यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी रू.३,५५,६२,५५,७१९.५५ (तीन अर्ब पचपन्न करोड बैसठ्ठी लाख पचपन्न हजार सात सय उन्नाईस रुपैयाँ पचपन्न पैसा) को ५.३५८३ प्रतिशत अर्थात् १९,०५,५३,६२६.३०/ (उन्नाईस करोड पाँच लाख त्रीपन्न हजार छ सय छब्बीस रूपैयाँ तीस पैसा) बराबरको नगद लाभांश (करसहित) तथा पाँच प्रतिशत अर्थात रू. १७,७८,१२,७८५.९८ / (सत्र करोड अठहत्तर लाख बाह्र हजार सात सय पचासी रुपैयाँ अन्ठानब्बे पैसा) बराबरको बोनस शेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्ताव पारित भएसँगै यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,७३,४०,६८,५०५.५३ (तीन अर्ब त्रीयत्तर करोड चालीस लाख अढ्सठ्ठी हजार पाँच सय पाँच रुपैयाँ त्रीपन्न पैसा) पुग्ने भएको छ ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय, ३० वटा एटीएममार्फत उत्कृष्ट सेवा प्रवाह गर्दै आएको छ । यसका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको यस बैंकले आगामी दिनमा यसलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ । 

arrow_upward