सांग्रिला डेभलपमेन्ट बैंकद्वारा चेपाङ समुदायका १२१ जना बालबालिकालाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण

calendar_month 07 January 2026
banner

सांग्रिला डेभलपमेन्ट बैंकले चेपाङ समुदायका १२१ जना बालबालिकालाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरेको छ । चितवनको रापती–१२ यौरालीटारमा रहेको श्री गणेश माविमा अध्ययनरत १२१ जना चेपाङ समुदायका वालवालिकालाई यस डेभलपमेन्ट बैंकको संस्थागत सामाजिकि उत्तरदायित्व (सीएसआर) अन्तर्गत झोलासहित शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको हो । यही पुस २१ गते सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले बालबालिकालाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गर्नुभएको हो । कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका चितवन क्लस्टर प्रमुख रूपक मैनाली, नारायणगढ शाखाका शाखा प्रवन्धक शंकर पुरी, टाँडी शाखाका शाखा प्रवन्धक शुनिल शर्मा, विद्यालयका शिक्षक विद्यार्थी लगायतको उपस्थिती रहेको थियो । 

arrow_upward