ब्यालेन्समा ब्याज दर
100 Rs
50 Rs
सुविधाहरू र लाभहरू
अब तपाईं सजिलैसँग २ चरणमा आफ्नो डिम्याट खाता खोल्न सक्नुहुनेछ।
Everything you will need to Open an अनलाइन डिम्याट खाता
Ready to open अनलाइन डिम्याट खाता
प्रक्रिया
कृपया सुनिश्चित गर्नुहोस् कि तपाइँसँग निम्न कागजातहरूको डिजिटल प्रतिलिपिहरू आवेदनको लागि तयार छन्
सांग्रिला डेभलपमेन्ट बैंकको साथमा तपाईंले अनलाईनबाटै डिम्याट खाता र मेरो सेयरको रजिस्ट्रेसन प्राप्त गर्न सक्नुहुन्छ । कृपया, डिम्याट खाताको अनलाईन आबेदन दिनु पुर्व निम्न कुराहरु मा ध्यान दिनुहोला ।
१. दुबै कान स्पष्ट देखिने गरी हालसालै खिचेको पासपोर्ट साइजको फोटो हुनुपर्नेछ ।
२. सादा पेपरमा कालो पेनले कोरिएको प्रस्ट Signature Upload गर्नुपर्नेछ ।
३. नागरिकताको फोटोकपि अपलोड गर्दा स्पष्ट रुपमा बुझिने हुनुपर्नेछ ।
४. औंठा छाप अपलोड गर्दा सादा पेपरमा कालो मसिले गरेर मात्र प्रयोग गर्नुपर्नेछ ।
५. लोकेसन म्याप अपलोड गर्दा आफू हाल बसोबास गरिरहेको कुनै प्रचलित स्थान समेत स्पष्ट उल्लेख गर्नुपर्नेछ ।
६. नाबालक (१८ वर्ष भन्दा कम) को हकमा जन्मदर्ता प्रमाणपत्रका साथै संरक्षकको समेत हालसालै खिचिएको पासपोर्ट साइजको फोटो तथा नागरिकता प्रमाणपत्र अनिवार्य हुनुपर्नेछ ।
७. हातले कोरिएको प्रस्ट Location Map Upload गर्नुपर्नेछ । (Google Map को Screenshot मान्य हुने छैन)
८. रुजु गर्ने प्रयोजनको लागि सक्कल नागरिकता हातमा लिएर अनुहार तथा हातमा लिएको नागरिकता देखिने गरी खिचिएको फोटो हुनुपर्नेछ । Sample Image
(नोटः यस्तो फोटोमा नागरिकता तथा जन्मदर्ताको विवरण पढ्न मिल्ने गरी खिचिएको हुनुपर्नेछ । अन्यथा पढ्न नमिलेको खण्डमा रुजु नहुने भएका कारण आवेदन रद्ध हुनेछ ।)
डिम्याट खाता खोल्दा खातावालाको नाम, नागरिकता नम्बर, नागरिकता जारी मिति र स्थानको विवरण फरक परि पछि सच्याउन परेमा सिडिएससीलाई भुक्तानी गर्नुपर्ने शुल्क स्वयंम खातावालाले व्यहोर्नुपर्नेछ । (भुक्तानी गर्नुपर्ने शुल्क रु. १०० )
नोटः अनलाईन मार्फत डिम्याट खाता खोल्दा तपाईंलाई केहि समस्या परेमा हाम्रो फोन नम्बर (०१)-४४२१८६१ /६२ /६३ ,४४२२८६४-एक्सटेन्सन नम्बर २०१ वा १४० मा सम्पर्क गर्न सक्नुहुनेछ ।